ओझेलमा उज्यालो

बाग्लुङ | असार ३, २०८२

ओझेलमा उज्यालो

यामबहादुर थापा मगर
बागलुङ नगरपालिका -१०, भकुण्डे, धौलेचउर, बागलुङ


 

सकारात्मक सोच बोकेका अभियन्ताहरू
शब्द बिना झल्किने दीप जस्तै
अहिलेसम्म
ओझेलमा छन् ।
ध्यानभन्दा टाढा,
ध्वनि भन्दा मौन।

 

उनीहरूले सुझाव दिन्छन्,
सल्लाह दिन्छन्,
तर ती ध्वनि
हावादारी भाइरलको कोलाहलमा हराउँछ।
किनभने आज
नकारात्मकता बिक्छ,
भय बेचिन्छ,
र विभाजन रमाइलो ठानिन्छ।


सृजनशील विचार पर्खिरहेका हुन्छन्
शान्त कोठामा
तर चिच्याउने झूटा आरोपहरू
स्क्रिन भरि फैलिन्छन्।
 

अब प्रश्न उठ्छ ।
कसरी सिर्जनात्मक बनाउने यो बिग्रिएको समाज?
कसरी हुर्काउने ती सकारात्मक सोचका बिरुवाहरू
जुन माटोमै बाँच्न चाहन्छन्,
तर पानीको साटो विष पाउँछन्?


सुरुवात आफैंबाट गरौं।
एक विचार लेखौं— जुन जोड्छ,
एक कथा बनाऔं— जसले पुल बनाउँछ,
र एक दृष्टिकोण विकास गरौं ।
जो आलोचना होइन, समाधान खोज्छ।

हामी सबै बन्न सक्छौं पथप्रदर्शक ।
जब नकारात्मकताको बिरूद्ध
एक चोखो विचार उभिन्छ।
जब ‘भाइरल’ होइन, ‘वास्तविकता’ बन्छ मूल्य।


सकारात्मक सोच
कमजोरी होइन, साहस हो।
सल्लाह दिनेहरू हँसिला मात्र होइनन्,
गम्भीर सपना देख्नेहरू हुन्।


त्यसैले,
हामी लेखौं, बोलौं, सिर्जना गरौं ।
शब्दमा गहिरो उज्यालो बोकेर,
कथा बनाऔं— जुन टोड्ने होइन,
टुटाउने होइन जोड्ने हो।

नेपाल फोटो पत्रकार संघ, कास्कीले मादी गाउँपालिका–३ याङ्जाकोटमा ‘मादी गाउँपालिकाको पर्यटन प्रवद्र्धनमा फोटो पत्रकार भूमिका’ विषयक अन्तरक्रिया गरेको छ ।   मादी गाउँपालिकाको सहयोगमा...

थप पढ्नुहोस्

काठमाडौंः   नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिमा ५०७ जनाविरुद्ध उजुरी परेको छ । कांग्रेस केन्द्रीय अनुशासन समितिका संयोजक तारामान गुरुङको संयोजकत्वमा आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेक...

थप पढ्नुहोस्

काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ चयन हुनुभएको छ ।        एमालेको केन्द्रीय कार्यालय, ललितपुर च्यासलमा भएको बैठ...

थप पढ्नुहोस्